काठमाण्डू ४ फागुन– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड) र ट्रामाडोल सहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारामा डेरामा बस्ने ५६ वर्षीया सञ्च माया तामाङ रहेकी प्रहरीले जनाएको छ । प्रहरी प्रभाग बलम्बुकी इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टिमले आइतबार उनको डेरामा खानतलासी गर्दा ५ केजी गाँजाको धुलो (पोल्यान्ड) जस्तो पदार्थ र २५० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
प्रहरीले उनको डेराबाट २ लाख ६२ हजार नगद पनि बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिएका छन ।