कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

काठमाण्डु टुडे २०८२ माघ २९ गते १४:५४ मा प्रकाशित

 काठमाण्डू, २९ माघ– कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज (बिहिबार) बिहान काठमाण्डूबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको प्रहरीले जनाएको छ ।

बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए ।

स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन ।

उनले घटनामा कुनै मानवीय क्षति नभएको बताए । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us