काठमाण्डू, ४ माघ– काठमाण्डू महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालयबाट निस्किएका छन ।
उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड जम्मा भएको थियो ।
उनले आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे । लगत्तै उनी त्यहाँबाट फर्किएका हुन् । उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।