बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण

काठमाण्डु टुडे २०८२ माघ ४ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, ४ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।

रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत नेताहरुले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us