काठमाण्डू, १० पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच वान टु वन वार्ता भएको छ ।
ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए । पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् । चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।