बालेनबारे प्रधानमन्त्री कार्कीको टिप्पणीः आफ्नो कुरा मात्र भन्छ, अरुको कुरा सुन्दैन

काठमाण्डु टुडे २०८२ कार्तिक १४ गते २२:०२ मा प्रकाशित

sushकाठमाण्डू, १४ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बारे रोचक टिप्पणी गरेकी छन् ।

उनले आफू र बालेनबीच ५ ६ पटक भेटघाट भएको बताइन् । प्रधानमन्त्री नियुक्त भएपछि पनि दुईपटक बालेन र आफ्नो भेटघाट भएको उनले सुनाइन् । टेलिफोनमा भने बारम्बार कुरा हुने गरेको उनले पुष्टि गरिन् ।

कार्कीका अनुसार शुक्रबार बिहान पनि बालेनले फोन गरेका थिए । बालेनलाई आफूले छोरा भन्ने गरे पनि उनले दिदी सम्बोधन गर्ने कार्कीले बताइन् । ‘बालेनलाई म छोरो भनेर बोलाउँछु’,शुक्रबार साँझ सम्पादकहरुसँगको अन्तरक्रियामा कार्कीले भनिन्, ‘उसले चाहिँ मलाई दिदी भन्छ’, कार्कीले भनिन् ।

कार्की बालेनको एउटा स्वभावसँग भने अवाक रहिछन् । बालेनमा आफ्ना कुरा भन्ने तर, अरुका कुरा नसुन्ने स्वभाव रहेको उनले बताइन् ।

‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ’, कार्कीले भनिन् ।

आफूसँगको भेटमा २३ भदौमा जेनजी आन्दोलनकारीको हत्या गर्नेमाथि कारबाही गर्न भन्ने गरेको उनले बताइन् । तर, गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा भने नमालेको दाबी गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us