बुटवल, १३ कात्तिक- एमाले केन्द्रीय सदस्य एवं पार्टी सम्वद्ध मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै गर्दा अचेत भएका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योगमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रममा गौतम बोलिरहेका थिए । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।
प्राधिकरणले ट्रंक लाइनको महसुल नतिरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगी र मजदुर संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका थिए ।