काँग्रेसले एमाओवादीलाई बाइपास गरे संविधान बन्दैन खड्का

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:५७ मा प्रकाशित

दाङ, ५ असोज– काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले काँग्रेस र एकीकृत माओवादी नमिले संविधान बन्न नसक्ने बताएका छन् ।
Khum-Bahadur-Khadkaउनले संविधान निर्धारित मितिमै बनाउनका लागि काँग्रेस र एमाओवादी मिल्नुको विकल्प नरहेको बताए । दाङको लमहीमा आइतबार भएको कार्यक्रममा उनले दलहरूबीच दूरी बढ्दै गए संविधान बन्न नसक्ने ठोकुवा गरे ।

‘दलहरुबीच अहिलेजस्तै दुरी बढेर जाने हो भने माघ ८ गते संविधान जारी हुँदैन’, खड्काले भने, ‘समयमै संविधान बनाउने हो भने काँग्रेसले एमाओवादीका कुरा आत्मसात गरेर अघि बढ्नैपर्छ ।’

उनले आफ्नो पार्टीको शीर्ष नेतृत्वले एमालेको मात्र कुरा सुनेको र एमाओवादीलाई बाइपास गर्न खोजेको भन्दै असन्तुष्टि पोखे ।  संविधान सहमतिको दस्तावेज भएकाले सबैको सहमतिमा जारी हुन नसके त्यो दिगो नहुने स्पष्ट गरे ।

तर नयाँ संविधानमा हिन्दू राष्ट्रका बारेमा स्पष्ट उल्लेख हुनुपर्नेमा उनले जोड दिए । नेपालमा ९५ प्रतिशत हिन्दू धर्माबलम्बी धएकाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उनको तर्क छ ।

अर्को एक फरक प्रसंगमा उनले पार्टी लोकतान्त्रिक पद्धतिमा नचलेको भन्दै आपत्ति जनाए । पार्टीभित्र निर्वाचनमार्फत नेतृत्व चयन गर्ने विधि र प्रक्रिया लम्याउँदै जाँदा कार्यकर्तामा निराशा बढ्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us