काँग्रेसमा फेरि किचलो

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:०४ मा प्रकाशित

काठमाण्डु, ५ असोज– काँग्रेस सभापति सुशील कोइरालाले केन्द्रीय समिति विस्तार गर्दा आफूलाई नसोधेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष एकाएक आक्रोसित NC-Flagभएको छ ।
‘सबै एकलौटी गर्ने हो भने म किन मौन रहने ?’ देउवलाई उद्धृत गर्दै निकटवर्तीहरुले भने,‘ मेरो मौनतालाई गलत अर्थले व्याख्या गरियो ।’ केही समययता देउवाले कोइरालासँग ‘खुला किचकिच’ नगरी ‘बिनासर्त’ समर्थन गर्ने नीति अपनाएका थिए ।

तर, आफ्नो कार्यकाल पूरा हुन ४ दिन बाँकी रहँदा भदौ ३० मा सभापतिले केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा देउवासँग सामान्य परामर्शसमेत नगरेपछि उनको आक्रोश चुलिएको हो । देउवा निकटवर्तीहरुसँग भन्दै छन् ,‘बिनासर्तको सहयोगलाई कमजोरीका रुपमा लिइयो । अब मौनता साँध्नुको अर्थ छैन ।’

राजदूत, संवैधानिक अंग र अन्य महत्वपूर्ण नियुक्तिका सवालमा समेत कोइरालाबाट त्यही नीति अख्तियार हुनसक्ने आँकलन गर्दै देउवा पक्ष अब प्रतिकार गर्ने मनस्थितिमा छ ।

समूहका अरु नेताले पनि उनलाई मौन नबस्न दबाब दिइरहेका छन् । असन्तुष्टि जायर गर्नकै लागि देउवा पछिल्लो केन्द्रीय समिति बैठकमा गएनन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us