काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज (आइतबार) बिहान काठमाण्डू आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाण्डू आएका हुन् ।