काठमाण्डू, १ भदौ– सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्री सरदार र उनकी श्रीमती ४५ वर्षीया विमलादेवी सरदार रहेको प्रहरीले जनाएको छ ।
स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर सरदार दम्पतीको शनिबार ज्यान गएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार जंगली जानवरबाट धानबालीको सुरक्षा गर्न खेतको बारमा करे६न लगाइएको थियो । यसैबीच प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।