सरकार भ्रष्टाचार र जग्गा हडप्नमै व्यवस्था भयोः शेखर

काठमाण्डु टुडे २०८२ साउन ३१ गते १९:२९ मा प्रकाशित

काठमाण्डू, ३१ साउन– कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको ध्यान भ्रष्टाचार र सरकारी जग्गा हडप्नमै केन्द्रित रहेको आरोप लगाएका छन् ।

काँग्रेसको सोलुखुम्बु जिल्ला कार्यसमितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले मुलुकमा भ्रष्टाचार, अनियमिता र दण्डहीनता बढ्दै गएको बताए ।

संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा षड्यन्त्र गर्ने काम सरकार नेतृत्वकर्ता एमालेबाटै भएको आरोप उनको थियो ।
भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेकामा भूमिमन्त्रीले स्वीकार नगरेको भन्दै कोइरालाले आक्रोश पोखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us