सप्तकोशीले बाबुछोरीलाई मोटरसाइकलसहित बगायो, छोरी बेपत्ता, बाबु घाइते

काठमाण्डु टुडे २०८२ साउन ३१ गते १६:३६ मा प्रकाशित

सुनसरी, ३१ साउन– सुनसरीस्थित सप्तकोशी नदीमा एक किशोरी बेपत्ता भएकी छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार धरान उपमहानगरपालिका–१६ की १९ वर्षीया अनिता राई सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी हुन् ।

बाबु जीवन राईसँगै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्किंदै गर्दा चतराघाटस्थित दुधपानी खोलामा मोटर साइकलसहित बाबुछोरीलाई बगाएको थियो ।

बाढीले दुवैलाई करिब ५० मिटर तल सप्तकोसी नदीमा पुर्याएकामा बाबुको तत्काल उद्धार भएको थियो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहको छ । बेपत्ता किशोरीको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us