०८४ मा रास्वपाले १ सय ९० सिट ल्याउँछः खनाल

काठमाण्डु टुडे २०८२ साउन ३१ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, ३१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् शिशिर खनालले आगामी ०८४ को निर्वाचनमा आफ्नो दलले संसदमा १ सय ९० सिट ल्याउने दाबी गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा खनालले आफूहरुको बहुमत आउने डरले सत्तासीन पुराना दल डराएको बताए ।

‘अहिले संसदमा हामी १९ जनाले तर्साएका कारण उहाँहरूको मनमा ढ्याँग्रो पिट्न थाल्यो’, खनालले भने, ‘१९ को सट्टा ०८४ मा १९० हुने भए । १९ ले यस्ता अफ्ठयारा प्रश्न सोध्छन् । १९० जना सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?’ आफूहरु १९ जनाले बाँकी सबैलाई चुनौती दिएको उनको जिकिर थियो ।

खनालले प्रधानमन्त्री, मन्त्री र सत्तारुढ काँग्रेस र एमालेका सांसदको काम आफूहरुलाई गाली गर्ने मात्र रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us