कुलिङ अफ पिरियड प्रकरणः समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन

काठमाण्डु टुडे २०८२ साउन ३० गते १५:३६ मा प्रकाशित

काठमाण्डू, ३० साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन ।

शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

सभामुख घिमिरेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन पनि प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us