अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छः सभापति देउवा

काठमाण्डु टुडे २०८२ साउन ३० गते १५:२० मा प्रकाशित

काठमाण्डू, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन ।

आज (शुक्रबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण समेत गरे ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए ।

मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन र अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको रहेको उल्लेख गरेका छन ।

मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नेपाली कांग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us