काठमाण्डू, ३० साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।
आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् ।
उनलाई पार्टीको तेस्रो वरियतामा राखिएको छ । त्यस्तै, डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ । अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ ।
केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् । गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ ।