न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको बयान सुरु

काठमाण्डु टुडे २०८२ साउन ३० गते १२:४१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन उर्फ मिलन गुरुङको मुद्दामा बहस सुरु भएको छ ।

बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासमा चक्रेको बयान सुरु भएको छ । चक्रेको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

थुनछेक बहस सकिएको अवस्थामै धरौटीमा छाड्ने, साधारण तारेखमा बाहिर राख्ने वा पुर्पक्षका लागि कारगार चलान गर्ने मध्ये एक आदेश आउने सम्भावना रहेको छ ।

चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो ।

आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us