कालीमाटी–बल्खु सडकका अवैध संरचनामा महानगरको डोजर

काठमाण्डु टुडे २०८२ साउन २९ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, २९ साउन– काठमाण्डू महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचनामा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका अवैध संरचना र पक्की पुल समेत डोजर तथा ब्रेकर प्रयोग गरेर भत्काएको हो ।

कालीमाटीबाट बल्खुतर्फ जाने सडकको दायाँबायाँ एक सय मीटरभित्र पर्ने अवैध संरचना भत्काइएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीले बिहीबार बिहान ११ बजेबाट सुरु गरेको अवैध संरचना हटाउने कार्य जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us