११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २९ गते १२:३० मा प्रकाशित

काठमाण्डू, २९ साउन– प्रहरीले काठमाण्डूको ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले जानकारी दिएका छन । पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us