राजीनामापछि खतिवडाले भनेः पार्टीले बस्नुपर्छ भनेको थियो, तर मेरो मनले मानेन

काठमाण्डु टुडे २०८२ साउन २७ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, २७ साउन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले आफूलाई पदबाट राजीनामा दिन दबाब नदिएको खुलासा गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका खतिवडाले संसद्‌ भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो स्वविवेकले राजीनामा दिएको तर्क गरे ।

उनले भने, ‘मैले सुरुकै दिन गाडी फिर्ता गरेकै थिएँ’, खतिवडाले भने, ‘पार्टीले त मलाई हिजोसम्म पनि बस्नुपर्छ भनेको थियो । तर, मेरो मनले मानेन र राजीनामा दिएँ ।’

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल भएपछि जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us