दसैंका लागि मुस्ताङबाट मात्र ३० करोडको भेडा च्याङ्ग्रा भित्रने

काठमाण्डु टुडे २०७१ भदौ २९ गते ३:४९ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– दसैं तिहारलाई लक्षित गरी तिब्बतबाट २० हजार हाराहारीमा भेडाच्यांग्रा ल्याउने तयारी भएको छ ।

veda-chyangra
बजार माग मुस्ताङको उत्पादनले नथेग्ने भएपछि भेडाच्यांग्रा लिन त्यहाँका व्यापारी चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन् ।
तिब्बतबाट करिब २० हजार भेडाच्यांग्रा आयात गर्ने तयारी भएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ ।

‘गत वर्ष २५ हजार भेडाच्यांग्रा तिब्बतबाट मुस्ताङ भित्रिएका थिए,’ पशु कार्यालयका प्राविधिक बद्रीप्रसाद पौडेलले भने,‘यो वर्ष बोर्डरमा कडाइ गरिएकाले २० हजार भित्रिँदै छन् ।

’भेडाच्यांग्रा किन्न मुस्ताङका व्यापारी तिब्बतको ढोङवासेनसम्म पुगेको पौडेलले बताए । विगतमा सर्वसाधारण जाने गरेकामा अहिले बोर्डरमा कडाइ गरिएकाले व्यापारी मात्र गएको उनले बताए ।
यस वर्ष तिब्बतबाट करिब ३० करोडको भेडाच्यांग्रा आयात हुने पशु कार्यालयको अनुमान छ । तिब्बतमा एउटा भेडाच्यांग्राको मूल्य करिब १५ हजार छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us