एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाण्डु टुडे २०८२ साउन २४ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, २४ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन ।

स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ भने केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ । सबै बैठक ११ बजे सुरु हुने महासचिव भुसालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us