बडीमालिकाबाट फर्किंदा भिरबाट लडेका व्यक्तिको शव निकालियो

काठमाण्डु टुडे २०८२ साउन २४ गते १२:०६ मा प्रकाशित

काठमाण्डू, २४ साउन– बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ शव निकालेको बाजुरा प्रहरीले जानकारी दिएको छ । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारका ५२ वर्षीय विप्लव ओझाको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाने क्रममा लडेर मृत्यु भएको थियो । उनी बाटोबाट करिब ७०० मिटर लत बिस्नापानी खोल्सामा खसेका थिए ।

घटनापछि सशस्त्रको त्रिवेणी धाममा मेलाका लागि खटिएको सत्रस्त्र र नेपाल प्रहरीको टोली खटिएको थियो । थप मद्दतका लागि सशस्त्रको आश्रित गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज खटाइएको थियो । सोही टोलीले खोचबाट शव निकालेको सशस्त्रका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us