राष्ट्रपति पौडेलबाट रक्षाबन्धन ग्रहण

काठमाण्डु टुडे २०८२ साउन २४ गते १२:०२ मा प्रकाशित

काठमाण्डू, २४ साउन– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us