काठमाण्डूमा बहादुरसिंह लामा पक्षका सांसदको बैठक बस्दै

काठमाण्डु टुडे २०८२ साउन २४ गते ११:५७ मा प्रकाशित

काठमाण्डू, २४ साउन– बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाण्डूमा बस्दै छ ।

राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक काठमाण्डूमा बोलाएको लामा निकट उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुने स्रोतले जानकारी दिएको छ । दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिएका छन ।

उनका अनुसार पूर्व सहमति कार्यान्वयन हुने अवस्था नदेखिएपछि बैठक बस्न लागेको हो । सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत पनि नदिने अडान उनीहरुको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us