मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २३ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, २३ साउन– सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका–११ की ५५ वर्षीया चन्दा देवी बैठा रहेकी जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बीआर ३० के ४६९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलले शुक्रबार बैठालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत घाइते भएर प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us