काठमाण्डू, २३ साउन– नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन ।
उनीहरुविरुद्ध जिल्ला अदालत काठमाण्डू बाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरीएको छ ।