काठमाण्डू, ९ साउन– प्रहरीले कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएका ३९ वर्षीय गगन बोहरा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू मध्ये ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको हो ।
बोहरालाई भने गोदावरी नगरपालिका–२ मा रहेको विपिन होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरू चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।