मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

काठमाण्डु टुडे २०८२ साउन ९ गते १३:३० मा प्रकाशित

काठमाण्डू, ९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us