सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन ८ गते १८:०९ मा प्रकाशित

काठमाण्डू, ८ साउन– सल्यानमा मिनी बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन । सल्यानको कुमाख गाउँपालिका–२ मा भे १ ख ३९९४ नम्बरको मिनी बस दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

१५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज र चौरजहारीतर्फ पठाइएको छ ।

नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाने क्रममा अनियन्त्रित भएर बस सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us