समृद्धि मुठ्ठीभर मानिसहरूका लागि मात्रै होइनः पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८२ साउन ८ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, ८ साउन– पूर्व राष्ट्रपति विद्या भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्ने बताएकी छन । आज (बिहिबार) काठमाण्डूमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले राजनीतिक स्थायित्वले नै देशभित्र लगानीको वातावरण निर्माण गर्ने पनि बताएकी छन ।

नेपालको समृद्धि केबल वर्तमानको आर्थिक सूचकाङ्कले मात्रै मापन गर्न नसकिने भन्दै यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिवद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्ने उनले बताइन ।

एमाले नेतृ समेत रहेकी पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले के बिर्सनु हुँदैन भने समृद्धि केबल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनुपर्दछ,’ उनले भनिन्, ‘लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण किवास, महिला उत्थानशिलता, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्दछ ।’

समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, श्रोध साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्ने उनले बताइन् । उनले नेपालको समृद्धि केवल वर्तमानको आर्थिक सूचकांकले मात्रै मापन गर्न सकिँदैन । बरु यसलाई दिगो तुल्याउन हाम्रो राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता, राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिरहनुपर्दछ,’ उनले भनिन्, ‘लगानी प्रवर्द्धन तथा अभियानको एउटा महत्त्वपूर्ण माध्यम अवश्य हो ।

जसले आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सार्थक तुल्याउन मद्दत गर्दछ ।’ उनले देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण भएको पनि बताएकी छन ।

उनले भनिन्, ‘अब हामीले लगानीको ढोका खोल्ने कुरा गर्दछाँै भने त्यो ढोका केबल पुँजी र मुनाफाका लागि मात्र खोलिएको होइन । बरु त्यो ढोका सम्भावना र विश्वासका लागि पनि खोलिएको हो भन्ने ठान्नुपर्दछ,’ उनले भनिन्, ‘हामीले हाम्रो समृद्धिको मार्ग अरुको मोडल अनुशरण गर्ने मात्र होइन आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरो रुपमा विश्लेषण गरेर नै तय गर्नुपर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us