
काठमाण्डु, २६ भदौ– दक्षिण अफ्रिकाको एक अदालतले पारा एथलेटिक ओस्कार पिस्टोरियसलाई प्रेमिका हत्या सम्बन्धी मुद्धामा सफार्इ दिएको छ ।
न्यायाधीश थोकासाइल मासीपाले इजलासले उनीमाथि लागेको पूर्वनियोजित हत्याको आरोप प्रमाणित नभएको फैसला गरेको हो ।
पिस्टोरियसमाथि आफ्ी २९ वर्षीया प्रमिका रीवा स्टीनक्यापको गत वर्ष भ्यालेन्टाइन डेका दिन गोली हानेर हत्या गरेको आरोप लागेको थियो । उनले भने आरोप अस्वीकार गर्दैै आएका थिए ।
यो मुद्दामा गत मार्च तीन तारिकबाट बाट अदालती कारबाही सुरु भएको थियो । यस क्रममा ३७ मानिसको बयान लिइएको थियो । अदालती कारबाहीको टेलिभिजनमा प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
सुनुवाइका क्रममा पिस्टोरियस पटकपटक रोएका थिए । पिस्टोरियसले सन् २०१२ को लण्डन पारा ओलम्पिकमा चार सय मिटर दौडमा स्वर्णपदक जितेका थिए ।