कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित

काठमाण्डु टुडे २०८२ असार २५ गते १६:५८ मा प्रकाशित

काठमाण्डू, २५ असार– कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् ।

ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् । खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी परेको छ । ‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन ०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ । नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us