
काठमाण्डू, २३ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुले आज सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित गरेका छन ।
सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न बसेको संसदीय सुनुवाइ समिति बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसदहरूले बहिस्कार गरेका छन् ।
समितिमा रहेका माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले बैठक बहिष्कार गरेका हुन् । न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएकाले आफूहरू निर्णय प्रक्रियामा सहभागी नभएका उनीहरूले प्रतिक्रिया दिएका छन ।
सिफारिस भएका चार जनाको व्यक्तिको बारेमा असहमति भएर नभई संविधान उलङ्घन हुन लाग्यो भनेर बाहिरिएको उनीहरुको तर्क छ । उनीहरूले बहिस्कार गरे पनि समितिले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको छ ।