गाजामा इजरायली आक्रमणमा कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

काठमाण्डु टुडे २०८२ असार १५ गते १२:२९ मा प्रकाशित

एजेन्सी– इजरायली हवाई आक्रमणमा पर्दा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएको बताइएको छ । बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ ।

यस विषयमा इजरायली सेनाले कुनै प्रतिक्रिया नदिएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us