अमेरिकामा एकै स्थानमा चार नेपाली मृत भेटिए

काठमाण्डु टुडे २०८२ जेठ २४ गते ९:०४ मा प्रकाशित

काठमाण्डू, २४ जेठ– अमेरिकामा एकै घरमा चार नेपाली मृत फेला परेका छन् ।

भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एक नीजि घरमा चार जना नेपाली मृत भेटिएका त्यहाँको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक महिला, एक पुरूष, ८ वर्षीया बालिक र दुई वर्षका बालक छन् ।

मृतकमध्ये सन्तोष परियार र अन्जु श्रेष्ठको नाम खुलेको छ । बालबालिकाको भने प्रहरीले परिचय खुलाएको छैन । चारै जनाको शव गोली लागेको अवस्थामा भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यापछि आत्महत्या गरेको हुन सक्ने देखिएको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us