भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति

काठमाण्डु टुडे २०८२ जेठ २ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, २ जेठ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति व्यक्त गरेका छन ।

अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण समेत गरेका छन । उनले आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन, ‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ ।’

अहिले सरकारद्वारा संसदमा पुनः पेस गरिएको विधेयकमा समेत वन र भूमाफियाको स्वार्थ अनुरूपका प्रावधानहरू यथावत् राखिएको पनि उनले बताएका छन ।

अध्यक्ष यादवले सो विधेयक पारित भएमा जसपा नेपाल सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोधमा उत्रने चेतावनी समेत दिएका छन । उनले सरकारलाई जनताको हित विपरीत कानुन ल्याउन नदिने दृढता समेत व्यक्त गरे । यसअघि ल्याइएको भूमिसम्बन्धी अध्यादेश यादवकै पार्टीले विरोध गर्दा सरकार फिर्ता लिन बाध्य भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us