जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ जेठ २ गते १२:०४ मा प्रकाशित

काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौतिको रुपमा देखा परेको दाबी गरेका छन ।

आज (शुक्रबार) ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई काठमाण्डूमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन ।

उनले जलवायु परिवर्तनले पृथ्वी, जनता, समृद्धिमा ठूलो प्रभाव पारेको पनि बताएका छन । जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्णरुपमा सुरक्षित नरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।’ ‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।

तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् ।

तर अझै हामी डटिरहेका छौं ।’ प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको पनि बताए । उनले पृथ्वी, महासागर र मानवता जोगाउन हिमालहरू जोगाउनु आवश्यक रहेको पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us