
काठमाण्डू, १ जेठ-काठमाण्डूको चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा भीषण आगलागी भएको छ ।
आरआर कम्प्लेक्समा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको होे । बिहान सवा ५ बजेतिरबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो निभाउन काठमाण्डू र भक्तपुर महानगरपालिका तथा चन्द्रागिरी नगरपालिकाका गरी ६ वटा दमकल प्रयोग गरिएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरी आगो निभाउन खटिएका थिए ।
काठमाण्डू प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।