
पोखरा, ३१ वैशाख- काठमाण्डूबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ग१ज ८६३० नम्बरको माइक्रो बस पोखराको लामेआहाल नजिकै सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीया धाङमाया गुरूङको मात्र सनाखत पहिचान भएको छ ।
११ यात्रु सवार बसका बाँकी सबै ८ जना घाइते भएका थिए । तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।