मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख ३१ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– प्रहरीले मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले जानकारी दिए । मरेको खसीको ५४ किलो मासु समेत बरामद गरीएको समेत प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us