
काठमाण्डू, ३० वैशाख– सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन ।
अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।