जाजरकोट कारागारमा बन्दीको मृत्युबारे छानबिन गर्न माग

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– सत्ता घटक दल एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन् । एमाले सांसद विश्वकर्माले भने, सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ ।

त्यहीँभित्र मृत्यु हुन्छ त्यसको छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us