
काठमाण्डू, २९ वैशाख– प्रहरीेले स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई हाल काठमाण्डू टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा लागु औषध बोकेर हिंडेको अवस्थामा काठमाण्डूको बाफलबाट प्रहरीले पक्राउ गरेको हो । उनीबाट प्रहरीले ट्रामाडोल ८८ क्याप्सुल, नाइट्राजेपाम १ हजार क्याम्पसु, नगलद १६ हजार, २ थान मोबाइल र स्कुटर समेत बरामद गरेको छ ।
उनीविरुद्ध लागुऔषधको कसुरमा जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।