
काठमाण्डू, २९ वैशाख– प्रहरीले अवैध हुन्डीको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राईबाट २५ लाख र श्रेष्ठबाट १७ लाख १९ हजार गरी ४२ लाख १० हजार हुन्डीको रकम समेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन। उनीहरु बिशालबजार एरियाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई उक्त रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डू पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।