कर्णालीमा बेपत्ता भएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख- कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

आज (शनिबार) गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिएका छन । शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटाइएको प्रहरीले जानकारी दिएको छ ।

यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्किको खोजीकार्य पनि जारी छ । उनी पनि शुक्रबार नै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us