सामाजिक सुरक्षा भत्ता राज्यले धान्न नसक्ने अवस्था आयोः पौडेल

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाको भार अर्थतन्त्रले थेग्न नसक्ने अवस्था आएको स्वीकार गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार राजधानीमा गरेका पूर्वबजेट छलफल कार्यक्रममा बोःदै पौडेलले सामाजिक सुरक्षाभत्ता राज्यको सामथ्र्यबाहिर पुग्न लागेको बताए ।

हरेक आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाको रकम वृद्धि गर्न दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पौडेलको भनाइ थियो । यद्यपि उनको दल एमालेले ‘हालसम्म वृद्ध भत्ता दिने पार्टी हाम्रो हो’ भन्दै चुनावमा भोट माग्ने एजेण्डा बनाउँदै आएको छ ।

पौडेलले स्वास्थ्य बीमा पनि अहिलेकै अवस्थामा अगाडि बढाउन नसकिने बताए । स्वास्थ्य बीमा जरुरी रहे पनि श्रोतको सीमितताका कारण धान्न गाह्रो हुने अवस्था रहेको बताए । पौडेलले राजस्वले साधारण खर्च धान्न धौधौ रहेको स्वीकार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us