
काठमाण्डू, २६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने बताएका छन ।
त्यस्तै, आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको कांग्रेस प्रवक्कता महतले जानकारी दिएका छन । उनले भने, ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं ।
आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं ।’ दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताएका छन ।
उनले भने, ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं । आतंवादलाई निरुत्साहत गर्ने कुरामा साथमा छौं ।’