
काठमाण्डू, २६ वैशाख– पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।
विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।